• बैशाख २८ २०८३, सोमबार

बसन्तकुमार लामा ३४ घण्टाका लागि एआईजी बने

जेष्ठ ६ २०७९, शुक्रबार

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा अवकासमा जानु ३४ घण्टा अघि एआईजीमा बढुवा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सरकारले निर्णय गरेसँगै दिउँसो २ बजे प्रहरी प्रधान कार्यालयमा लामाले दर्ज्यानी चिन्ह लगाएका छन्।

प्रहरीको एआईजीमा ५६ वर्षे उमेर हद छ। प्रहरी ऐनमा उमेर हद, कार्यावधि र सेवाअवधिका कारण अवकाश जाने व्यवस्था छ। यी व्यवस्था मध्ये लामा उमेर हदका कारण अवकाशमा जान लागेका हुन्। शनिबार राति १२ बजेसँगै उनी बिदा हुनेछन् ।