• बैशाख २३ २०८३, बुधबार

मतगणना स्थलमा हैरानी दिने २ पक्राउ, उनीहरु कुन पार्टीका हुन् ?

जेष्ठ ६ २०७९, शुक्रबार

कास्की । पोखराबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । महानगरपालिकाको मतगणना स्थल बाहिरबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

मतगणनास्थलमा हैरानी दिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए ।

पक्राउ परेकामध्ये एक जनाको साथबाट प्रहरीले जनमत पार्टीको प्रतिनिधि परिचय पत्रको फोटोकपी बरामद गरेको छ । अर्का एकजनाको साथमा मिति सकिएको सुरक्षाकर्मीको परिचयपत्र भेटिएको छ ।

उनीहरुबारे वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान गरिरहेको छ ।