• बैशाख २३ २०८३, बुधबार

अर्धकट्टी सहितको मतपत्र भेटिएपछि फेरि रोकियो धुलिखेलको मत गणना

जेष्ठ ५ २०७९, बिहीबार

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकाको मत गणना फेरि स्थगित भएको छ । वडा नम्बर ११ को मतगणनाका क्रममा अर्धकट्टी सहितका मतपत्र भेटिएपछि  मत गणना स्थगित भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अर्धकट्टीसहितको मतपत्र भेटीएपछि स्वतन्त्र उमेदवारले विरोध जनाएका थिए ।

यसअघि उम्मेदवार नउठेको र उठेको एउटै पदमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने कि नमान्ने भन्ने विवादले गणना रोकिएको थियो।

तर एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने सहमति भएपछि बिहीबार दिउँसोबाट गणना शुरु भएको थियो। गणनाका क्रममा अर्धकट्टी सहितका मतपत्र भेटिएपछि पुन: मतगणना स्थगित भएको हो।