• बैशाख २३ २०८३, बुधबार

एमाले सच्चिएर आए नयाँ ढंगले सहकार्य गर्न सकिन्छ : नारायणकाजी श्रेष्ठ

जेष्ठ ५ २०७९, बिहीबार

काठमाडाैं । नेकपा  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमलेसँग फेरि सहकार्य हुन सक्ने संकेत गरेका छन् ।

बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता श्रेष्ठले एमाले सच्चिएर आए नयाँ ढंगले जान सकिने संकेत गर्दै एक पटकको प्रतिगामी सधैं प्रतिगामी नै हुन्छ भन्न नसकिने बताएका हुन् ।

निश्चित रुपमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हिजो गल्ती गर्यो, २–२ पटक प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन थियो । हामीले संघर्ष गरेर संविधान र लोकतन्त्रलाई ल्यायौँ’ श्रेष्ठले भने, ‘अब फेरि त्यस प्रकारको प्रतिगामी कदम कसैले पनि चाल्ने दुस्साहस कसैले नगरोस् । पटक–पटक प्रतिगनविरुद्ध संघर्ष गरिरहनुपर्ने अत्यन्तै दुःख लाग्दो स्थिति व्यहोर्नु नपरोस्’ सबैसँग अनुरोध गर्दै श्रेष्ठले भने ।

उनले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाका कारण २०५९ सालमा प्रतिगमन भएर राजालाई बुझाए पनि अहिले फरक परिस्थितिमा देउवासँग सहकार्य गरिरहेको भन्दै एमालेसँग पूर्वाग्रह नराखिने बताए ।

एमाले अध्यक्ष ओलीले चालेको प्रतिगामी कदमसँग लड्न देउवाकै नेतृत्वमा गठबन्धन गर्दै नयाँ सरकार देउवाकै नेतृत्वमा बनाएको भन्दै उनले भने ‘एकपटक प्रतिगमनमा संलग्न भएको शक्तिले नयाँ ढंगले सच्चिएर आयो भने आत्मसमीक्षा गरेर नयाँ ढंगले जाउँ भनेर आयो भने आत्मसमीक्षा गरेर जाने तत्परता प्रदर्शन गर्यो भने नयाँ ढंगले जान सकिन्छ ।’