काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी (जपा)ले वलान विहुल गाउँपालिकामा जित निकालेको छ । जपाका खेम चन्द्र यादव गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले २ हजार ९९४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नवीन कुमार झाले २ हजार २४७ मत ल्याउँदै पराजित भएका छन् ।
यसअघि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जित निकालेको जपाले सप्तरीकै वलान विहुल गाउँपालिकामा जित निकालेको छ । जपाले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित निकालेको हो ।
गाउँपालिकाको उपाध्यक्ष पदमा पनि जपाकै रेणु यादव निर्वाचित भएकी छन् । यादव २ हजार ६९० मत ल्याउँदै निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी आश देवी मण्डलले २ हजार ३०४ मत प्राप्त गर्दै पराजित भएकी छन् ।