• बैशाख २७ २०८३, आईतवार

भरतपुर महानगरमा विजय सुवेदीभन्दा रेणु दाहाल ३ हजार मतले अगाडि

जेष्ठ ५ २०७९, बिहीबार

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

हालसम्म गणना भएको ३८ हजार ८ सय ६४ मतमध्ये रेनुले १४ हजार ७ सय ६६ मतसहित अग्रता कायमै राखेकी छन् । उनलाई एमाले गठबन्धनका विजय सुवेदीले ११ हजार ७ सय ६५ मत ल्याएर पछ्याइरेहका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६०९० मत पाएका छन् । यस्तै उपिमेयरतर्फ गठबन्धनका साझा उम्मेदवार चित्रशेन अधिकारीले १७ हजार ९६ मतसहित अग्रता बढाउँदै लगेका छन् ।

उनलाई राप्रपाका हिमला गुरूङले ले ९५०१ मत ल्याएर पछ्याइरहेकी छन् ।