• बैशाख २३ २०८३, बुधबार

बालेन : काठमाडौं महानगरमा दोब्बरभन्दा बढी मतान्तरले लौरोको अग्रता, केशव स्थापितको पनि ११ हजार पुग्यो

जेष्ठ ५ २०७९, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले १०,११३ मतले अग्रता कायम राखेका छन् ।

पछिल्लो विवरणअनुसार ५४,६२१ मत गणना हुँदा बालेनले २१,१११ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १०,९९८ र कांग्रेसकी सिर्जना सिंहले १०,१७३ मत पाएकी छन् ।