• बैशाख २७ २०८३, आईतवार

जमिन टुक्रा पारेर सिध्याउने नीति तत्काल खारेज गर्नुपर्छ : नेता खनाल

जेष्ठ ४ २०७९, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले हालको खण्डिकृत भूमी नीतिलाई बजेटले तत्काल रोक्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको दुबै सदनमा जारी बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताका माथिको छलफलमा बोल्दै नेता खनालले भूमीसुधार नीति बिना कृषिको सुधार हुनै नसक्ने बताए ।

हिले पनि कुल जनसंख्याको करिब ७० प्रतिशत जनसंख्या कृषिमै निर्भर भइरहेको अवस्थामा वास्तविक कृषकको हातमा भूमि नभएको भएका भूमिको पनि स्वामित्व नभएको उनको भनाइ छ ।

यसका लागि सरकारले विशेष ध्यान दिनु पर्ने उनले बताए । भुमिहीन सुकुम्बासीलाई भूमी व्यवस्था गर्नुपर्ने र टुक्राटुक्रा जग्गालाई सामूहिक खेतिको रुपमा विकास गरिनुपर्ने उनले बताए ।