• बैशाख २३ २०८३, बुधबार

बुटवल उपमहानगरमा बम विस्फोट गराएको आरोपमा ३ जना पक्राउ

जेष्ठ ४ २०७९, बुधबार

बुटवल । स्थानिय तह निर्वाचन अघि रुपन्देहीको बुटवल उपमहानगरपालिकामा बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

वैशाख २८ मा बुटवलस्थित मिलन चोकमा वम विष्फोट गराउने ३ जनालाई पक्राउ गरिएको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा सुरेश खनाल उर्फ कमरेड नेपाल, फणिन्द्र गरतौला उर्फ राज र शुक्र कुमार श्रेष्ठ उर्फ अशोक रहेका छन् ।

उनीहरुलाई जेठ १ मा बुटवल उप–महानगरपालिका–१३ नयाँ गाउँ र सैनामैना नगरपालिका–१ बाट पक्राउ गरिएको एसपी रेग्मीले बताए।

घटनास्थलमा नेकपा माओवादी केन्द्रीय समितीले चुनाव बहिष्कारबारे ‘कमरेड नेपाल’ले जारी गरेको विज्ञप्ती भेटिएको थियो । वैशाख २८ मा साँझ बुटवल उप–महानगरपालिका वडा नम्बर–९ मिलनचोक स्थित आकाशेपुल मुनि प्रेसर कुकर बम विष्फोट भएको थियो ।