• बैशाख २३ २०८३, बुधबार

विजय जुलुसमा निस्केको गाडी दुर्घटना हुँदा दर्जन बढी घाइते,६ जनाको अवस्था गम्भीर

जेष्ठ ४ २०७९, बुधबार

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर-१० को शंकरपुरमा मतगणनास्थलबाट एमालेको विजय जुलुसका लागि निस्किएको मिनि ट्रक दुर्घटनामा परेको छ ।  दुर्घटनामा दर्जन बढी घाइते भएका छन् ।

मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही केशव केसीले जानकारी दिए । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।  घाइतेमध्ये ६ को अवस्था गम्भीर छ भने दर्जनभन्दा बढी घाइते भएका छन् ।

घटनाकाे यकिन विवरण आउन बाँकी छ । सिद्धार्थनगर-१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् ।