काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रबहादुर थिङ विजयी भएका छन् ।
थिङले ४४८५ मत ल्याएर अध्यक्षमा एमालेको उमेदवारलाई पछाडि पारेका हुन् ।
यहाँ नेकपा एमालेका उम्मेदवार शेखर लामा पराजित भएका छन् ।
उनले ३१५६ मत मात्रै ल्याए । यहाँ उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दोर्जेमान जिम्वा निर्वाचित भए । उनले ४३२८ मत ल्याए । एमालेका उम्मेदवार रूकमेणी गुरूङ २९८७ मतसहित पराजित भएका छन् ।
यहाँ माओवादी–कांग्रेस चुनावी गठबन्धन भएको थियो । ०७४ मा यो पालिका एमालेले जितेको थियो ।