• बैशाख २३ २०८३, बुधबार

जुम्लाको चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

जेष्ठ ४ २०७९, बुधबार

काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा उठेका राजु सिंह कठायत मेयरमा निर्वाचित भएका छन् ।

कठायतले २ हजार ४०३ मत प्राप्त गर्दै प्रमुख पदमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धीका रुपमा देखिएका कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले २ हजार ३२२ मत ल्याएका छन् ।