• बैशाख २३ २०८३, बुधबार

स्थानीय तह निर्वाचन : स्थगित भएको १५ ठाउँमा आज निर्वाचन हुँदै

जेष्ठ ४ २०७९, बुधबार

काठमाडौं । विवाद र झडपका कारण मतदान स्थगित भएका विभिन्न १५ ठाउँमा आज (बुधबार) मतदान हुने भएको छ । गण्डकी, कर्णाली र मधेशका विभिन्न स्थानमा आज मतदान हुन लागेको हो ।

तनहुँको व्यास नगरपालिका वडा नम्बर ४, हुम्लाको चंखेली नगरपालिका वडा नम्बर २, बाराको पचरौता नगरपालिका नेरा प्रावि वडा नम्बर २, श्रीनगर प्रावि र पचौतारा वडा नम्बर ४ मा आज निर्वाचन हुन लागेको छ ।

त्यस्तै रौतहटको देवी गोनाही नगरपालिका वडा नम्बर १ र २, गढीमाई नगरपालिका ३ र ६, बौधिमाई नगरपालिका १, २, ९ र गरुडा नगरपालिका वडा नम्बर ७ मा निर्वाचन हुन लागेको हो ।

निर्वाचन सम्पन्न भएपछि आजै ती स्थानहरूमा मतगणना प्रारम्भ निर्वाचन आयोगले जनाएको छ ।