काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जित हासिल गरेको छ । राप्रपाका रमेश नापित मेयरमा निर्वाचित भएका छन् । उनले ४ हजार ७०० मत ल्याएर विजयी भएका हुन् ।
यसैगरी राप्रपाले हटौंडा उपमहानगरपालिकासहित झापाको दमक नगरपालिका र हल्दिबारी गाउँपालिका, कपिलवस्तुको शिवराज नगरपालिका तथा रुपन्देहीको ओमसतिया गाउँपालिकामा अग्रता हासिल गरिरहेको छ।