• बैशाख २३ २०८३, बुधबार

दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयरमा दुवैमा एमाले विजयी

जेष्ठ ३ २०७९, मंगलवार

दोलखा । दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयरमा दुवैमा नेकपा एमाले वियजी भएको छ ।

जिरीको मेयरमा एमालेका मित्रबहादुर जिरेल र उपमेयरमा कृष्णमाया बुढाथोकी (खड्का) निर्वाचित भएका छन् ।

जिरेलले मेयरमा २ हजार ९४९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाले २ हजार ६९२ मत मात्र पाए ।

यस्तै उपमेयरमा बुढाथोकीले ३ हजार ४३४ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका तेजबहादुर तामाङले ३ हजार १२० मत ल्याए । २०७४ सालमा पनि बुढाथोकी जिरीको उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।