• बैशाख २३ २०८३, बुधबार

कर्णाली प्रदेशमा हालसम्मको नतिजा- कुन पालिकामा कुन दल विजयी ?

जेष्ठ ३ २०७९, मंगलवार

काठमाडौं । कर्णाली प्रदेशमा ४० प्रतिशत गाउँपालिकाको मत परिणाम आइसकेको छ । मतगणना जारी रहेको बाँकी ६० प्रतिशत पालिकाको परिणाम आउने क्रममा छ ।

हालसम्म नतिजा आइसकेको मध्ये १८ पालिकामा काँग्रेसले जितेको छ भने माओवादी केन्द्रले १३ वटा पालिकामा जित हासिल गरेको छ । त्यस्तै एमालेले पाँच वटा पालिका, समाजवादीले ३ वटा पालिका र एउटा पालिका स्वतन्त्रले जितेको छ ।

यी हुन् कांग्रेसले जितेका १८ पालिका

– ठूलोभेरी नगरपालिका, डोल्पा

-तिलागुफा नगरपालिका, कालीकोट

– महाबु गाउँपालिका, दैलेख

-भैरवी गाउँपालिका, दैलेख

– चामुण्डा विन्द्रासैन नगरपालिका, दैलेख

– ठाँटीकाँध गाउँपालिका, दैलेख

– खार्पुनाथ गाउँपालिका, हुम्ला

– कुमाख गाउँपालिका, सल्यान

-सिद्धकुमाख गाउँपालिका, सल्यान

– त्रिवेणी गाउँपालिका ,सल्यान

– शारदा नगरपालिका, सल्यान

-कनकासुन्दरी गाउँपालिका, जुम्ला

– पातारासी गाउँपालिका,जुम्ला

– हिमा गाउँपालिका, जुम्ला

– मुगुम कार्मारोंग गाउँपालिका, मुगु

-कुशे गाउँपालिका, जाजरकोट

– शिवालय गाउँपालिका, जाजरकोट

– बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम

माओवादीले जितेका १३ पालिका

– नौमुले गाउँपालिका, दैलेख

-भगवतीमाई गाउँपालिका, दैलेख

-ताँजाकोट गाउँपालिका, हुम्ला

– नाम्खा गाउँपालिका,हुम्ला

– सिमकोटमा गाउँपालिका, हुम्ला

– पलाँता गाउँपालिका , कालीकोट

– शुभ कालीका गाउँपालिका, कालीकोट

– जगदुल्ला गाउँपालिका, डोल्पा

– मुड्केचुला गाउँपालिका, डोल्पा

– नलगाड नगरपालिका, जाजरकोट

-बनगाड कुपिण्डे नगरपालिका, सल्यान

– सानीभेरी गाउँपालिका, रुकुम पश्चिम

-सिंजा गाउँपालिका, जुम्ला

एमालेले जितेका ५ पालिका

– गुराँस गाउँपालिका, दैलेख

-डुङ्गेश्वर गाउँपालिका , दैलेख

– नारायण नगरपालिका, दैलेख

– शे-फोक्सुण्डो गाउँपालिका, डोल्पा (निर्विरोध)

– जुनिचाँदे गाउँपालिका, जाजरकोट

एकीकृत समाजवादीले जितेका ३ पालिका

– काइके गाउँपालिका, डोल्पा (निर्विरोध)

– छार्काताङसोङ गाउँपालिका , डोल्पा (निर्विरोध)

-कपुरकोट गाउँपालिका, सल्यान

स्वतन्त्र -१
-खाँडाचक्र नगरपालिका, कालीकोट