• बैशाख २३ २०८३, बुधबार

६ महानगरपालिकामा कसको पल्ला भारी ? (मतपरिणामसहित)

जेष्ठ ३ २०७९, मंगलवार

काठमाडौं । बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचन सकिएपछि हाल देशभरबाट मत परिणाम आउने क्रम जारी छ । यसमा पनि निकै चासोका साथ हेरिएको ६ महानगरपालिकाको मतपरिणामले सबैको ध्यान खिचेको छ । हालसम्मको परिणाम हेर्दा ६ महानगर मध्ये ५ वटामा सत्तागठबन्धन अगाडि देखिएको छ भने काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि देखिएका छन् ।

काठमाडौं महानगरपालिका :
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह १०,८९९ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितले ५,८४१ मत ल्याएका छन् ।

पोखरा महानगरपालिका :

पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी उम्मेदवार धनराज आचार्य ९,१६५ मतका साथ अग्रस्थानमा छन् । आचार्यलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णबहादुर थापाले ७,७७४ मत ल्याएका छन् ।

भरतपुर महानगरपालिका :

भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र उम्मेदवार रेनु दाहाल ६,२०२ मतका साथ अग्रस्थानमा छन् । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले ६,११५ मत ल्याएका छन् ।

ललितपुर महानगरपालिका :

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन ७,२१७ मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३,०८३ मत ल्याएका छन् ।

वीरगन्ज महानगरपालिका :

वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार राजेशमान सिंह ८,१३१ मतका साथ अग्रस्थानमा छन् । सिंहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजयकुमार सरावगीले ३,६२२ मत ल्याएका छन् ।

विराटनगर महानगरपालिका :

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार नागेश कोइराला ९,००० मतका साथ अग्रस्थानमा छन् । कोइरालालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका सागरकुमार थापाले ६,६६७ मत ल्याएका छन् ।