काठमाडौं । बिराटनगर महानगरपालिका १७ का वडाध्यक्षका उम्मेदवार पराजित भएपछि नेपाली कांग्रेसका कार्यकर्ताले केन्द्रीय सदस्य हसन अन्सारीलाई कुटेका छन् ।
मंगलबार बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले हातपात गरेका हुन् । व्यावसायी समेत रहेका अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन् । अन्सारीले आफूमाथि गुण्डाको समूहले आक्रमणको प्रयास गरेको बताए । आफूलाइ २–४ जना सहकर्मीले बचाएको अन्सारीको भनाई छ ।
सो वडामा नेपाली कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित भएका थिए । डाध्यक्ष आलम जसपाका उम्मेदवार समिम कमर मियाँसँग ५०६ मतले पराजित भएका थिए । कमर १४५० मतसहित विजयी हुँदा आलमले ९४४ मत प्राप्त गरेका थिए ।