• बैशाख २३ २०८३, बुधबार

विरगञ्ज महानगरपालिकाको मेयरमा जसपाका सिंहको अग्रता

जेष्ठ ३ २०७९, मंगलवार

विरगञ्ज । विरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार राजेश मान सिंहले अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार सिंहले ८ हजार १३१ मत पाएका छन् भने उनलाई पछ्याइ रहेका नेकपा एमालेका विजय कुमार सरावगीले ३ हजार ६२२ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार इम्तियाज आलमले अग्रता लिएका छन् ।