• बैशाख २३ २०८३, बुधबार

धनुषाको औरहीमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

जेष्ठ ३ २०७९, मंगलवार

धनुषा । धनुषाको औरही गाउँपालिका अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साह निर्वाचित भएका छन् । साह ३३२६ मत ल्याएर औरहीको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ब्रह्मदेव यादव २९२३ मत ल्याएका छन् ।

त्यस्तै, उपाध्यक्षमा समेत एमालेकै पुनम साह २९४९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसको रिंकीकुमारी मण्डल २७९० मत ल्याएकी छन् ।