काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५ हजार ५८ मतको अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार बालेनले १० हजार ८९९ मत ल्याएका छन् भने उनी पक्ष दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ५ हजार ११४ मत प्राप्त गरेकी छन्।