• बैशाख २३ २०८३, बुधबार

गुल्मीको धुर्कोटमा एमाले-माओवादी गठबन्धन विजयी

जेष्ठ ३ २०७९, मंगलवार

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

त्यहाँ एमाले-माओवादी गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् । अध्यक्षमा माओवादी केन्द्रका भुपाल पोखरेलले ६०८९ मत ल्याएर निर्वाचित भए । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४२६१ मत पाए ।

उपाध्यक्षमा एमालेकी सीता गिरी निर्वाचित भइन् । उनले ६००१ मत पाइन् । उनकी निकट प्रतिस्पर्धी एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३४८८ मत पाए ।