काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रजनी थापाले अग्रता कायमै राखेकी छिन् ।
थापाले ७८९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिइन् ।
अहिलेसम्म टोखामा १९ हजार ६ सय १२ मत गणना भइसकेको छ । रजनीलाई एमालेका प्रकाश अधिकारीले पछ्याइरहेका छन् । अधिकारीले ७५६४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसका मुरारी तामाङले अग्रता लिएका छन् । उनले ७८९८ मत प्राप्त गरेका छन् । उनलाई एमालेकी ज्ञानमाया डंगोलले ७०९६ मत ल्याएर पछ्याइरहेकी छिन् ।
११ वटा वडा रहेको यो नगरपालिकामा अहिलेसम्म ८ वटा वडाको मतगणना सकिएको छ । अहिले वडा नम्बर ९, १० र ११ को मत गणना भइरहेको निर्वाचित अधिकृत शर्माले जनाकारी दिइन् ।
मतगणना सकिएका ८ वडामध्ये एमालेले ६ वटामा वडा अध्यक्ष जितेको छ । कांग्रेसले भने २ वडा अध्यक्षमा मात्र जित हासिल गरेको छ । कांग्रेसले अहिलेसम्म १ र ६ नम्बर वडा जित्दा बाँकी वडा एमालेले जितेको हो ।