• बैशाख २३ २०८३, बुधबार

झडप र विवादका कारण स्थगित भएको क्षेत्रमा आज निर्वाचन, कहाँ कहाँ हुँदैछ ?

जेष्ठ ३ २०७९, मंगलवार

काठमाडौं । विवाद र झडपका कारण स्थगित भएका केही क्षेत्रमा पुनः मतदान भइरहेको छ । हिजो र अस्ति मतदान भएकोमा आज पनि मंगलबार काभ्रे, कञ्चनपुर, बाजुरा र अछाममा मतदान हुँदैछ ।

पाँचखाल नगरपालिका(१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका(१० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिका-८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिका(५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुँदै गरेको निर्वाचन आयोगका जनाएको छ ।

मंगलबार तनहुँको व्यास नगरपालिका(८ को भवन फेदी मतदान केन्द्रमा पनि पुनः मतदान हुँदैछ । आयोगले जारी गरेको सूचनाअनुसार पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने बताइएको छ ।