• बैशाख २३ २०८३, बुधबार

भरतपुरमा बदर हुनुपर्ने मत गनेको भन्दै एमाले प्रतिनिधिले विरोध गरे

जेष्ठ २ २०७९, सोमबार

काठमाडौै । चितवनको भरतपुर महानगरपालिकामा मतगणनामा कर्मचारीहरुले बदर मत गनेको भन्दै एमालेले विरोध जनाएपछि मत गन्ने काम रोकिएको छ ।

एमालेका कार्यकर्ताहरुले स्वस्तिक छाप राम्रो नलागेको र बदर हुनुपर्ने मत समेत गणना गरेको आरोप लगाउँदै बिरोध गरेका हुन्। भरतपुरमा गठवन्धनको तर्फबाट उम्मेदवार माओवादीकी रेनु दाहाल अगाडी लागेको र एमाले उम्मेदवार विजय सुवेदीलाई जानजान पछि पार्न बदर मत गणनातिर कर्मचारीहरु लागेको आरोप एमालेहरुले लगाएका छन् ।