• बैशाख २३ २०८३, बुधबार

धनकुटाको पाख्रिवास नगरपालिकामा कांग्रेसका उम्मेदवार गुरुङ विजयी

जेष्ठ २ २०७९, सोमबार

काठमाडौं । धनकुटाको पाख्रिवास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गुरुङ विजयी भएका छन् । उनी ५ हजार ४९८ मत ल्याउँदै मेयरमा विजयी भएका हुन् । गुरुङका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भीमबहादुर राईले ५ हजार ५३ मत प्राप्त गरे ।

उपमेयरमा नेकपा एमालेकी नम्रता गौतम ५ हजार ६२ मतसहित विजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका ओमप्रकाश निरौलाले ४ हजार ६४१ मत प्राप्त गरे ।