काठमाडौं । पाल्पामा एमालेले सत्ता गठबन्धनलाई पराजित गर्दै दुई वटा पालिकामा ‘क्लीन स्वीप’ गरेको छ । अहिलेसम्म घोषणा भएकामध्ये निस्दी र पूर्वखोलामा एमालेका कोही पनि उम्मेदवार पराजित भएनन् भने तिनाउ गाउँपालिकामा पनि अध्यक्षसहित बहुमत वडामा जित हासिल गरेको छ ।
पूर्वखोला गाउँपालिकामा एमालेका नुनबहादुर थापा ६ हजार ३९ मतसहित विजयी भए। उनका प्रमुख प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका मिन प्रसाद गिरीले १ हजार २५७ मत पाए ।
उपाध्यक्षमा एमालेकी भागिरथि शर्मा (भट्टराई)ले ५ हजार ८९४ मतसहित निर्वाचित हुँदा कांग्रेसकी विष्णुकुमारी आचार्यले २ हजार २५० मत पाइन्। यो पालिकाका ६ वटै वडामा एमाले प्यानलसहित विजयी भयो।
निस्दी गाउँपालिकामा एमालेका मुक्तबहादुर सारुले ६६५२ मतसहित विजय प्राप्त गरे। उनका प्रमुख प्रतिश्पर्धी कांग्रेसका गोविन्दप्रसाद अर्याल उपाध्यायले ३ हजार ४६६ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकी तिरनकुमारी श्रेष्ठले ६ हजार ६३८ मत पाउँदा माओवादी केन्द्रका रामप्रसाद खत्रीले ८३० मत मात्रै प्राप्त गरे। यो गाउँपालिकाका सातै वडामा एमाले प्यानलसहित विजयी भयो।