काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ। कुल ६ हजार ७४३ वडाहरूको वडाध्यक्ष पदमा मुख्य राजनीतिक दलबीच कडा प्रतिस्पर्धा देखिन्छ।
निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो २ बजेसम्म २ हजार ६२५ वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ। २८२ वडामा मतगणना जारी छ। हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएकामध्ये नेपाली कांग्रेसले १ हजार ८५ स्थानमा वडामा वडाध्यक्ष जितेको छ । कांग्रेसले ८९ वडामा अग्रता लिएको छ । नेकपा एमालेले ८३१ वडामा वडाध्यक्ष जितेको छ। एमालेले ९९ वडामा अग्रता लिइरहेको छ।
नेकपा माओवादी केन्द्रले ४६० वडामा वडाध्यक्ष जितेको छ। ४४ वडामा माओवादी केन्द्रले अग्रता लिइरहेको निर्वाचन आयोगले जनाएको छ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीले ६८ वडामा वडाध्यक्ष जितेको छ। एकीकृत समाजवादीले ५ वडामा अग्रता लिइरहेको छ।