• बैशाख २३ २०८३, बुधबार

माओवादीको चुनाव चिन्हबाट चुनाव लडेका विप्लव नेकपाका बुढा वडाध्यक्षमा विजयी

जेष्ठ २ २०७९, सोमबार

खलंगा । प्यूठानमा विप्लव नेकपाका बामबहादुर बुढा माण्डवी गाउँपालिका–१ को वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनी माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लडेका थिए ।

स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काङ्ग्रेसको समर्थनमा बुढामगर निर्वाचित भएका हुन् ।

बुढामगरले ७७० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी रिखबहादुर गौतमले ६२८ मत पाएका निर्वाचन अधिकृत कैलाश खत्री क्षेत्रीले जानकारी दिए ।

माण्डवी गाउँपालिकामा राजमो, नेकपा, माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले चुनावी गठबन्धन गरेका छन् । नेकपाको तर्फबाट उम्मेदवारी दिएका नेताहरूले माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हतौडाबाट चुनाव लडेका थिए ।