काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जु श्रेष्ठले ३ हजार २५३ मत पाउँदा स्वतन्त्र उम्मेदवारी दिएका विदुरबहादुर बस्नेतले २ हजार २९७ मत पाएका छन् ।
उपमेयरमा पनि एमालेले नै अग्रता लिइरहेको छ। एमालेकी लालतारा अधिकारी ३ हजार १८० मतसहित अगाडि छिन्। कांग्रेसकी निराजन जंगमले २ हजार ४७० मत पाएका छन्।