• बैशाख २३ २०८३, बुधबार

घोराहीमा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता कायम

जेष्ठ २ २०७९, सोमबार

घोराही । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता काउम गर्दै गएको छ ।

पछिल्लो साढे ११ बजेसम्मको मतपरिणाम अनुसार घोराहीमा गठबन्धनको अग्रता तोड्दै एमाले १ हजार २१९ मतले अगाडि छ ।

एमालेका मेयर उम्मेदवार नरूलाल चौधरीले ११ हजार ४६० मत ल्याएका छन् भने गठबन्धन तर्फबाट माओवादीका हेमराज शर्मा (डायमण्ड)ले १० हजार २४१ मत ल्याएका छन् ।

एमालेका चौधरीले मतान्तर बढाउँदै लगेका छन् । यसअघि घोराहीमा गठबन्धनले अग्रता कायम गर्दै आएको थियो ।

उपप्रमुख पदमा पनि गठबन्धनको उम्मेदवारलाई पछि पार्दै एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ ।

एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी हुमा डिसीले ११ हजार १३८ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १० हजार ९४८ मत प्राप्त गरेका छन् ।

अहिले डाँगी र डिसीबीच १९० मतान्तर छ । अहिले वडा. नं. २, १२, १३, १६, १७ मा मतगणना जारी छ ।

अहिलेसम्म १९ वटा वडामध्ये चार वडामा मतगणना सम्पन्न भइसकेको छ । जसमा एमालेले तीनवटा वडा जितेको छ भने गठबन्धबाट कांग्रेसले एउटा वडा जितेको छ ।