• बैशाख २३ २०८३, बुधबार

कालिकोटको पलाँतामा पालिका प्रमुख सहित ९ वटै वडामा माओवादी केन्द्र विजयी

जेष्ठ २ २०७९, सोमबार

सुर्खेत । कालिकोटको पलाँता गाउँपालिकामा माओवादी केन्द्रले पालिका अध्यक्षसहित सबै वडामा जित हात पारेको छ ।

सोमबार बिहान सार्वजनिक भएको निर्वाचनको नतिजा अनुसार गाउँपालिका अध्यक्षसहित नौवटै वडामा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन् ।

गाउँपालिकाका अध्यक्षमा इन्द्रबहादुर रोकाय, उपाध्यक्षमा अलैपुरा जैशी विजयी भएका छन् । नौवटा वडा रहेको गाउँपालिकामा एउटा वडामा बागी उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन कार्यालयले गरेको घोषणाअनुसार माओवादी केन्द्रबाट वडा नं।१ मा मनप्रसाद न्यौपाने, २ मा भीमप्रसाद न्यौपाने, ३ मा बाँचे विश्वकर्मा, ४ मा तिलकबहादुर बुढा, ५ मा तिलकबहादुर बम, ६ मा ज्ञानबहादुर ऐडी, ७ मा माओवादी केन्द्रकै बागी उम्मेदवार उमेश बम, ८ मा माओवादी केन्द्रकै गोगनबहादुर बम र वडा नम्बर ९ मा रामबहादुर बम विजयी भएका छन् ।