वीरेन्द्रनगर । सुर्खेतको पञ्चपुरी नगरपालिका-३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएको छ । फलस्वरुप मतपरिणाम घोषणा हुन सकेको छैन । काँग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका हुन् ।
अन्तिम मतपरिणामअनुसार उनीहरुले ६७३/६७३ मत ल्याएका छन् । गोलाप्रथाबाट नतिजा टुङ्गो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले जानकारी दिए ।
‘उहाँहरुले आधा-आधा कार्यकाल गर्ने कुरा गर्नुभएको छ, त्यो कुरा कानुनमा छैन,’ उनले भने, ‘उहाँहरुले आफै आयोगमा कुरा गर्छौं भनेर भन्नुभएको छ, हामी पनि परामर्श गर्दैछौं ।’