काठमाडौं । धनुषाको धनौजीमा मतगणनाका क्रममा झडप भएको छ । स्थिती नियन्त्रणमा लिन प्रहरीले २५ राउन्ड हवाई फायर गरेको छ ।
हवाइ फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि सेना परिचालन गरिएको छ । सेनाले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेको छ ।
झडप हुन थालेपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप क्षेत्रीले बताए ।मतगणनाका क्रममा मत पेटिकामा कुल खसेको भन्दा बढी मत भेटिएपछि विवाद सुरु भएको हो ।