चितवन । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा एवम् नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहाल ३ मतान्तरले अगाडि छन् ।
निकटम प्रतिद्वन्द्वी तथा प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले दाहाललाई पछ्याई रहेका छन् ।
१० हजार २०६ मत गन्दा सुवेदीले ३ हजार ५७५ मत पाएका छन् भने उनलाई ३ मतले जितेकी रेनुले ३ हजार ५७८ मत पाएकी छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३६० मत पाएका छन् ।