• बैशाख २३ २०८३, बुधबार

भक्तपुर नगरमा नेमकिपाका सुनिल प्रजापति चुनावी दौडमा एक्लो प्रतिस्पर्धी

जेष्ठ १ २०७९, आईतवार

भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी चुनावी दौडका एक्लो प्रतिस्पर्धी बनेका छन् । यहाँको मेयर र उपमेयरमा नेमकिपाका उम्मेदवारहरु अन्य दलका प्रतिस्पर्धीलाई धेरै पछाडि पारेर अगाडि बढेका छन् ।

भक्तपुर नपाको मेयरमा नेमकिपाका सुनिल प्रजापतिले जारी मत गणनाअनुसार प्रजापतिले १७,५८२ मत ल्याएका छन् । प्रजापतिभन्दा निकै पाँच गुणा कम मत लयाएका नेपाली कांग्रेसका रामप्रसाद कासुलाले पुछारमा छन् । कासुलाले भने २,६०३ मत पाएका छन् ।

एमालेका रवीन्द्र लाछिमस्यू १,९७४ मतसहित कासुलालाई पछ्याइरहेका छन् । मेयरमा स्वतन्त्र उम्मेदवार सत्य त्वायनाले १,४०८ मत ल्याएका छन् ।

उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले अरु प्रतिस्पर्धीहरुलाई धेरै पछाडि पारेकी छन् । उनले हालसम्म १७,८५२ मत ल्याएर अग्रता कायम गर्दै आएकी छन् । उनलाई एमालेकी रञ्जना चापागाई खर्बुजाले २,०४६ मत ल्याएर पछ्याइरहेका छन् ।