चितवन । भरतपुर महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालकाे अग्रता कायमै छ । पाँच हजार ६ सय ७७ मतगणना हुँदासम्म दाहालले २ हजार ६ मत प्राप्त गरेकी छिन् ।
यस्तै उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदी दाहाल भन्दा ५२ मतले पछि छन् । सुवेदीले १ हजार ९ सय ५४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले ६ सय ५१ मत प्राप्त गरेका छन् ।