• बैशाख २३ २०८३, बुधबार

बुढानिलकण्ठ नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

जेष्ठ १ २०७९, आईतवार
काठमाडौं ।  काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

यसअघि वडा सदस्यका रुपमा ५ वर्ष कार्यकाल सम्पन्न गरेका स्वतन्त्र उम्मेदवार आकाश धिताल मूख्य दलका प्रतिस्पर्धीलाई पछि पार्दै वडा अध्यक्षमा निर्वाचित हुन सफल भएका हुन्।

कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिँदै ५१२ मतका साथ वडाध्यक्षमा जित हात पारे ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेन्द्र खड्काले ४७४ मत प्राप्त गरे। यस्तै कांग्रेसका उम्मेदवार नवराज भण्डारीले २७४ मत प्राप्त गरे।