काठमाडौं । स्थानीय निर्वाचनको मत परिणाम आउँदै गर्दा स्वतन्त्र उमेदवारहरुको पनि चर्चा चलिरहेको छ । उनीहरुले पनि सोचेभन्दा राम्रो मत परिणाम ल्याएका कारण उनीहरुको चर्चा चलेको हो ।
यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारहरु गठबन्धन दलभन्दा बलियो देखिएका छन् ।
काँग्रेसका बागी उम्मेदवार समेत रहेका मनोजकुमार साह सुडीले ७ सय ९० मत पाएर अरु भन्दा अगाडि रहेका छन् । उनीभन्दा पछाडि एमालेका शिवशंकर साहले २ सय ५१ मत पाएका छन् ।
त्यस्तै लोसपाका मनोज चौधरीले १ सय ७१ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ सय ६६ मत ल्याएका छन् ।
यस्तै सत्ता गठबन्धन दलका तर्फबाट जसपाका उम्मेदवार निवर्तमान नगरप्रमुख लालकिशोर साहले जम्मा ५३ मत ल्याएका छन् ।