काठमाडौं । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीबाट मेयरका उम्मेदवार सुनिल प्रजापतिले ६ हजार ४ सय मतले अग्रता लिएका छन् । भक्तपुर नगरपालिकाको मतगणनाको पछिल्ल अपडेटअनुसार कांग्रेस दोस्रो नम्बरमा रहेको छ ।
नेमकिपाका प्रजापतिले ७ हजार ७ सय ५४ मत ल्याउँदा दोस्रो नम्बरमा रहेका कांग्रेसका मेयर उम्मेदवार रामप्रसाद कासुलाले १ हजार ३ सय ५२ मत ल्याएका छन् । तेस्रो नम्बरमा एमालेका रविन्द्र लाछिमस्युले ९ सय ४२ मत ल्याएका छन् ।