• बैशाख २३ २०८३, बुधबार

६३५ पालिकामा मतगणना जारी, कुन पार्टीको अग्रस्थान कति ?

जेष्ठ १ २०७९, आईतवार

काठमाडौं । आइतबार बिहान सवा ११ बजेसम्म ६ सय २५ स्थानीय तहमा मतगणना जारी रहेको छ । हाल काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, वीरगञ्ज र पोखरा गरी सबै महानगरमा मतगणना जारी रहेको छ । त्यस्तै, ११ वटै उपमहानगरपालिकामा पनि मतगणना भइरहेको छ ।

हालसम्म २० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमध्ये अग्रस्थानमा एमाले रहेको छ । एमालेले ८ स्थानीय तहका प्रमुख/अध्यक्षमा जित हासिल गरेको छ । त्यस्तै, कांग्रेसले ७, माओवादीले ३ र एकीकृत समाजवादीले २ स्थानीय तहका प्रमुख/अध्यक्ष पदमा जित हासिल गरेको छ ।

पछिल्लो मतगणना अपडेटअनुसार नेपाली कांग्रेसले पालिका प्रमुख/अध्यक्षमा २ सय ६५ स्थानीय तहमा अग्रता लिइरहेको छ । कांग्रेसलाई एमालेले प्रमुख/अध्यक्षमा १ सय ८२ स्थानीय तहमा अग्रता लिएर पछ्याइरहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ । माओवादीले प्रमुख/अध्यक्षमा १ सय ७ स्थानीय तहमा अग्रता लिएको छ ।

चौथो स्थानमा जनता समाजवादी पार्टी रहेको छ । उसले २६ स्थानीय तहका अध्यक्ष/प्रमुखमा अग्रता बनाएको छ । एकीकृत समाजवादी पार्टीले भने १२ स्थानीय तहका प्रमुख/अध्यक्षमा अग्रता लिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ६ स्थानीय तहका प्रमुख/अध्यक्षमा अग्रता लिइरहेको छ ।