• बैशाख २३ २०८३, बुधबार

कालिकोटमा मतदानस्थल नजिकै भेटियो पेस्तोल

बैशाख ३१ २०७९, शनिबार

कालिकोट । कालिकोटको महावै गाउँपालिका–२ गैंडाखानास्थित तिला नमुना माविमा मतगणना स्थलबाहिरबाट सेनाले पेस्तोल बरामद गरेको छ । मतगणना स्थलभन्दा करिब ३ सय मिटर पर झगडा हुँदा कटुवा पेस्तोल भुँइमा खसेको थियो ।

नेपाली सेनाको टोलीले झगडा गर्ने मध्येका २५ वर्षका प्रकाश शाही र बरामद पेस्तोल प्रहरीलाई जिम्मा लगाएको कालिकोटका डिएसपी चक्र शाहले बताए ।

शाही महावै–५ का स्थानीय हुन् । झगडामा संलग्न अन्य युवाहरु भागेका छन् । पेस्तोल बोक्ने युवकबारे अनुसन्धान भइरहेको डिएसपी शाहले जानकारी दिए ।

मतगणना स्थल नजिकैको होटलमा बसेर खाजा खाइरहेको बेला झगडा हुँदा भुइँमा खसेको अवस्थामा सेनाको टोलीले १ राउण्ड गोली लोड गरेको पेस्तोल बरामद गरेको थियो ।