काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेको डडेलधुराको गन्यापधुरमा गाउँपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेस पराजित भएको छ ।
गन्यापधुरा–१ मा कांग्रेसबाट विद्रोह गरेको नेपाली कांग्रेस बीपीका उम्मेदवार नरेश भण्डारी विजयी भएका छन्। कांग्रेस बीपीका भण्डारीले ६७३ मत प्राप्त गरे। भण्डारीका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र बहादुर देउवाले ५४४ मत प्राप्त गरे। सो वडामा प्यानलनै विजयी भएको छ ।