काठमाडौँ। स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा मत गणना जारी छ। अहिलेसम्म मेयर पदमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिइरहेका छन् । प्रारम्भिक मत परिणमा अनुसार १०० मत गन्दा महर्जनले ५७ मत ल्याएर सुरुवाती अग्रता लिएका छन्।
त्यसैगरी नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले २३ मत प्राप्त गरेका छन् । यस्तै तेस्राेमा राप्रपाले ७ मत प्राप्त गरेकाे छ ।
२०७४ मा पनि महर्जन र व्यन्जनकारबीच प्रतिस्पर्धा भएको थियो । त्यसमा महर्जज जिजयी भएका थिए।