काठमाडौँ । देशभर स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । शनिबार अपरान्हसम्म ११ वटा स्थानीय तहको परिणाम आएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेकपा एमालेले ५, नेपाली कांग्रेसले ३, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ स्थानमा जितेका छन् ।
नेकपा एसले जितेका स्थानीय तह
डोल्पाको काइके गाउँपालिकामा अंगदकुमार राना [निर्विरोध]
डोल्पाको छार्का साङतोङ गाउँपालिकामा सेनाङ गुरुङ [निर्विरोध]
एमालेले जितेका स्थानीय तह
डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकामा धावा सम्डुक गुरुङ [निर्विरोध]
मनाङको चामे गाउँपालिकामा लोकेन्द्र घले
मनाङको ङिस्याङ गाउँपालिकामा कान्छा लामा
मुस्ताङको लो-घेकर दामोदरकुन्डमा लोप्साङ छोम्पेल विष्ट
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ
कांग्रेसले जितेका स्थानीय तह
मनाङको नासो गाउँपालिकामा धनबहादुर गुरुङ
मनाङको नार्पाभूमि गाउँपालिकामा कोन्जो तेन्जिङ लामा
मुस्ताङको घरपझोङ गाउँपालिकामा मोहन सिंह लालचन
माओवादी केन्द्रले जितेका स्थानीय तह
डोल्पाको जगदुल्ला गाउँपालिकामा तारासिं रोकाय