काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको मतगणना धमाधम भइरहेको छ । हालसम्म ९०० मत गणना हुँदा सत्तारुढ गठबन्धनले मेयर र उपमेयर दुवैमा अग्रता लिएको छ ।
हालसम्म सत्तारुढ गठबन्धनतर्फ मेयरकी उम्मेदवार मीना लामाले २८३ मत प्राप्त गरेकी छिन् । उनलाई एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले २७३ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १२४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।