काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका वडानम्बर ५ अध्यक्षमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा विप्लव समूहका संयुक्त उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका प्यानलै विजयी भएको छ ।
काँग्रेस एमाले र विप्लव समुह सहितका संयुक्त उम्मेदवार बनेका काँग्रेसका लुकमन रोकामगरलाई हराउँदै माओवादी केन्द्रका गोवर्द्धन घर्तीको प्यानलै विजयी भएको हो । काँग्रेस, एमाले विप्लव समूहका रोकामगरले २९१ मत ल्याउँदा माओवादीका घर्ती ३९५ मत ल्याएर विजयी भएका हुन् ।
माओवादीका महिला सदस्य जुनसरी पुनले ४०२ मत, दलित महिला सदस्य रामकली विकले ४०३ मत, खुला सदस्य बुद्धिबहादुर घर्तीले ४०४ मत, खुला सदस्य मैते घर्तीले ४०० मत ल्याएका हुन् । थवाङको वडा नम्बर ५ तत्कालिन उवा गाविसमा पर्छ ।
थबाङ गाउँपालिका अध्यक्षमा माओवादीबाट ऋषिकेशव बुढामगर र उपाध्यक्षमा शर्मिला बुढा उम्मेदवार छन् । तीन पार्टीका संयुक्त उम्मेदवार विप्लव समूहका दलजित रोका र उपाध्यक्षमा रायनबहादुर रोका छन् ।