• बैशाख २३ २०८३, बुधबार

सोलुखुम्बुमा काँग्रेस–माओवादी झडप, एकको मृत्यु

बैशाख ३१ २०७९, शनिबार

काठमाडौं । सोलुखुम्बुमा काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा परि एक जनाको मृत्यु भएको छ ।

सोताङ गाउँपालिकामा एक विरामी मतदातालाई घर लैजाने विषयमा विवाद बढ्दा भएको झडपमा घाइते भएका सुदीप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

हिजो राति भएको घटनामा घाइते राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राईको ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा काँग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।