• बैशाख २३ २०८३, बुधबार

हेटौँडा उपमहानगरपालिकाको मतगणना सुरु

बैशाख ३१ २०७९, शनिबार

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ ।

शुक्रबार राति बसेको सर्वदलीय बैठकले शनिबारबाट मत गणना गर्ने सहमति भए अनुसार शनिबार बिहानबाट सुरु भएको हो ।

हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा भइरहेको छ । मत गणनामा पहिले हेटौँडाको वडा नम्बर १,२,१८ र १९ को गरिने छ ।

मुख्य निर्वाचन कार्यालय हेटौँडाले चार स्थानमा मत गणनाको व्यवस्था गरिएको जानकारी दिएको छ । मतगणना स्थलमा तारजालीसहित सिसिटिभीको व्यवस्था गरिएको छ ।