• बैशाख २३ २०८३, बुधबार

संखुवासभाको चैनपुरमा विष्फोट, अनुसन्धान जारी

बैशाख ३० २०७९, शुक्रबार

काठमाडौं । संखुवासभाको चैनपुरमा विष्फोट भएको छ । एउटा मतदान केन्द्र नजिकै विस्फोट भएको हो ।

चैनपुर नगरपालिका–४ को बालज्योति आधारभूत विद्यालयभन्दा २० मिटर टाढाको बाँस झ्याङमा विस्फोट भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

‘सो विद्यालयमा मतदान केन्द्र थियो, मतदान कार्य सकिसकेको बेलामा नजिकैको बाँसझ्याङमा विस्फोटको आवाज आयो’, एसपी राईले भने, ‘अहिले नेपाली सेनाको टोलीले सो क्षेत्रको अनुसन्धान गरिरहेको छ ।’